default_image

5 years ago

October 16, 2019

फुटबल टोली १६ दिनपछि भोली स्वदेश फर्कदै

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली १६ दिनपछि स्वदेश फर्कदैछ । विश्व कप छनोटको समूह चरणमा २ खेलपछि फुटबल टोली बिहीबार जोर्डनबाट स्वदेश आउन लागेको हो । जोर्डनसँग मंगलबार भएको खेल नेपालले ३–० ले गुमाएको थियो ।

त्यसको ५ दिन अघि असोज २३ गते टोलीले क्यानबेरामा अष्ट्रेलियासँग खेलेको थियो । जुन खेलमा नेपाल ५–० ले पराजित भएको थियो । अष्ट्रेलियासँगको खेलअघि नै तयारीका लागि भन्दै नेपाली टोली असोज १५ गते त्यसतर्फ गएको थियो । त्यहिबाट टोली जोर्डन पुगेको थियो ।

गत महिनाबाट सुरु भएको विश्व कप छनोट दोस्रो चरणका ४ खेल सकिँदा नेपालले १ मा जित र बाँकी सबैमा हार बेहोरेको छ । भदौ १९ गते भएको कुवेतसँगको खेल ७–० ले गुमाएको नेपालले भदौ २४ गतेको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराएको थियो । दुवै गोल युवा स्टार अन्जन विष्टले गरेका थिए । नेपालले ४ खेलमा १५ गोल खाइसकेको छ भने २ गोलमात्र फर्काउन सकेको छ ।

नेपाली टोलीले जोर्डनसँग खेल्दा ८ वर्षअघिको नतिजालाई स्मरण गरेका थिए । विश्व कप छनोटकै खेलमा त्यति बेला नेपाली टोली जोर्डनसँग ९–० ले पराजित भएको थियो । त्यसको ५ दिन पछि दशरथ रंगशालामा नेपाल र जोर्डनको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

त्यो खेलमा नेपालले अग्रता जोगाउन सकेन । यसपटक अवे खेलमा यसअघिको नतिजा दोहोरिन भने पाएन । यसपटक जोर्डन दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.