default_image

5 years ago

October 20, 2019

‘गणेश थापा’ आत्मकथाको आवरण सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) का पुर्वउपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ । बुकहिल पब्लिकेसनबाट प्रकाशन हुने आत्मकथाको आइतबार एक कार्यक्रमका बीच आवरण सार्वजनिक गरिएको छ । आत्मकथा फागुनका प्रकाशित हुने प्रारम्भिक तयारी रहेको छ । पुस्तक गणेश थापा […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) का पुर्वउपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ ।

बुकहिल पब्लिकेसनबाट प्रकाशन हुने आत्मकथाको आइतबार एक कार्यक्रमका बीच आवरण सार्वजनिक गरिएको छ ।
आत्मकथा फागुनका प्रकाशित हुने प्रारम्भिक तयारी रहेको छ । पुस्तक गणेश थापा आफैंले लेखेका हुन् । सहलेखन तथा सम्पादन कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्यले गर्नेछन् । आत्मकथाको आवरण सार्वजनिक कार्यक्रममा थापाले नेपाली फटबलको बिकासक्रममका साथै आफुले पाएको सफलता, चर्चा र विवाद लगायतलाई सबै कोणबाट फुटबलको केन्द्रविन्दुलाई समेटिएको बताएका छन् ।

‘३५ वर्ष नेपाली फुटबलमा बिताएको छु । एकपक्षीय कुराबाट मैले मेरो कुरा राख्ने कुनै मौका नै पाइन । कसैलाई दोष दिने भन्दापनि सत्यतथ्य आउनुपर्दछ । यो ५ वर्षको अवधिमा त्यही पीडालाई पोख्ने प्रयास गरेको छु,’ थापाले भने, ‘जिउँदोमा एकदम खराव मान्छे भनिरहँदा मेरो मृत्युपछि गणेश थापा राम्रो मान्छे भनेर रंगशला वा एन्फा परिसरमा नराखियोस् । मेरो आत्मले शान्ति पाउने छैन । मृत्युपछि यसरी नजोडी दिनुहोला ।’

थापाले आफुसँग जोडिएका चर्चित काण्डहरु भष्ट्राचार गरेको अभियोगमा लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धानआयोगको निर्णय, फुटबलको सर्वाच्च निकाय फिफाको निर्णय, एएफीका तत्कालिन अध्यक्ष मोहममद विन हमामसँगको सम्बन्धको विषय समेटिएको उल्लेख गरेका छन् ।

उनले पुस्तक आत्मश्लाघाको पुलिन्दा नहोस् भनेर नै सकेजति इमान्दार र सत्यको नजिक रहेर लेख्ने प्रया रहेको र राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै नेपाललाई दलाएको सफलताको रोचक गाथाहरु पनि समेट्ने प्रयास रहेको बताएका छन् ।

‘कतिपय अवस्थामा म कसैसँग नराम्रो भए होलान् । तर, सत्य तथ्य कुरा बाहि आउनैपर्छ । नत्र मैले फुटबलमा समर्पण गरेको मेरो उर्जाशील समयको अवमुल्यन हुने ठानेर नै आत्मकथा लेख्ने प्रयास गरेको हुँ, ’ थापाले भने, ‘तर, यो मेरो सफाईको लागि नभई सत्यतथ्य उजागर गर्न र जनमानसम्म पुर्याउन यो आत्मकथा लेख्ने प्रयास गरिएको हो ।’ आत्मकथामा विगतको नेपाली फुटबल र वर्तमानो नेपाली फुटबललाई पनि समेट्ने प्रयास गरिएको कार्यक्रममा थापाले बताए ।

आत्मकथाका सहलेखक हिमेश रत्न बज्राचार्यले उनको आत्मकथालाई सत्यतथ्य रुपमा लेखिने र पत्रिकाको लेखन र पुस्तक खेलन फरक रहेको बताएका छन् ।

पत्रकार सम्मेलनको भिडियो:

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.