default_image

5 years ago

October 23, 2019

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

एजेन्सी – स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे । बेल्जियम ब्रगमा पीएसजीले […]

30 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे ।

बेल्जियम ब्रगमा पीएसजीले खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीले दोस्रो गोलको लागि ६१औं मिनेट कुर्नुपरेको थियो ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्यो ।

७९औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो गाल गर्दा पीएसजी खेलमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो । ८३औं मिनेटमा डि मारियाकै पासमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.