default_image

5 years ago

October 23, 2019

रहिम चम्कदा सिटी अपराजित

एजेन्सी – इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेका छन् । सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएका हुन् । सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान […]

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेका छन् ।

सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएका हुन् । सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल फर्काए ।

रुस्लान मालिनोभ्स्कीको पेनाल्टी म्यानचेस्टर सिटी खेलको २८औं मिनेटमा पछि परेको थियो । तर, एटलान्टाको त्यो अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा अगुइरोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा अगुइरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा रहिम चम्कदै ११ मिनेटमा ह्याट्रिक पूरा गरे । ५८औं मिनेटमा फिल फोडेनको पासमा रहिमले पहिलो गोल गर्दा सिटी खेलमा ३–१ ले अघि बढ्यो । ६४औं मिनेटमा इकेए गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
६९औं मिनेटमा रियाद महारेजको पासमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटी ५–१ को फराकिलो जित निकाल्यो ।

८२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा एटलान्टाले उठाउन सकेन । सिटीका फिल फोडेन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

जितसँगै सिटी समूह ‘सी’ मा ९ अंक जोडेर शीर्षस्थानमा छ । डाइनामो जाग्रिव र साख्तर डोनेस्क समान ४ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छ । एटलान्टा अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्काे खेलमा साख्तर डोनेस्क र डाइनामो जाग्रिवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.