default_image

5 years ago

October 28, 2019

सालहको निर्णायक गोलमा टोटेनहममाथि लिभरपुलको जित

एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ । मोहम्मद सालहले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गरेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा […]

33 views

0 Bookmark

एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ ।

मोहम्मद सालहले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गरेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा सेर्ने औरिरले लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

टोटेनहमले पहिलो मिनेटमै हेरी केनको गोलबाट अग्रता लिएको थियो । उनले हेडमार्फत गोल गरेका थिए । सन हियुग मेनको प्रहार क्रसबारमा लागेर फर्केपछि त्यसमै केनले गोल गरेका थिए । साहल रोबेर्टो फर्मिनोले गोल फर्काउने प्रयास गरेपछि सफल भएको थिएन ।

अर्को तिर दोस्रो हाफमा स्पर्सको प्रहार क्रसबारमा लागेको थियो । लिभरपुलका लागि जोर्डन हेन्डरसनले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । यो सिजन अपराजित रहेको लिभरपुलको २८ अंक पुगेको छ । टोटेनहम १२ अंकका साथ १० औं स्थानमा छ ।

प्रिमियर लिगमा आइतबारको खेल

  • न्युक्यासल १–१ उल्भरह्याम्टन वन्डरर्स
  • आर्सनल २–२ क्रिस्टिल प्यालेस
  • लिभरपुल २–१ टोटेनहम
  • नर्विच सिटी १ –३ म्यानचेस्टर युनाइटेड

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.