काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको ब्रदर्श युनियन क्लबले बंगलादेशमा जारी फेडेरेसन कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो खेल जितेर यसअघि नै क्वार्टरफाइनल पुगिसकेको महर्जनको टोलीले बुधबार साँझ सम्पन्न खेलमा शेख जमान धनमुन्डी क्लबलाई २–१ ले हराएको बंगलादेश फुटबल संघको वेबसाइटमा समाचार छ । दुई दिनअघि ब्रदर्स युनियनले उत्तर बरिधारालाई १–० ले हराएको थियो ।
बुधबारको जितपछि ब्रदर्स युनिय समूह सीको विजेता बनेको छ भने धनमुन्डी उपविजेताका रुपमा अन्तिम आठ पुगेको छ । ७१ औं मिनेटमा रक्षक यासिन खानले ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ८२ औं मिनेटमा हाइटीका अगस्टियन वाल्सनले फ्रिकिकमार्फत बराबरी गोल फर्काएका थिए । त्यसको एक मिनेट नबित्दै वाल्सनले नै अर्को गोल गरेपछि ब्रदर्श युनियनले लगातार दोस्रो खेल जितेको थियो ।
ब्रदर्श युनियनले आइतबार अवामी लिमिटेडसँग क्वार्टरफाइनल खेल्नेछ । ब्रदर्श युनियनलाई प्रशिक्षण दिन महर्जन दुई साताअघि बंगलादेश पुगेका थिए । उनले मासिक १ हजार ५ सय अमेरिकी डलर पाउँछन् ।