default_image

5 years ago

October 31, 2019

रोनाल्डोको गोलमा युभेन्टसको जित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत बुधबार जेनोआमाथि २–१ को जित दर्ता गरेको छ । जितपछि इन्टर मिलानलाई पछि पार्दै युभेन्ट्स पुनः शीर्षस्थानमा उक्लेको छ । ३६ औं मिनेटमा लियोनार्दोको हेड गोलमा युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । तर, चार मिनेट बित्न नपाउँदै क्रिस्टियन काउमेले गोल […]

28 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत बुधबार जेनोआमाथि २–१ को जित दर्ता गरेको छ । जितपछि इन्टर मिलानलाई पछि पार्दै युभेन्ट्स पुनः शीर्षस्थानमा उक्लेको छ ।


३६ औं मिनेटमा लियोनार्दोको हेड गोलमा युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । तर, चार मिनेट बित्न नपाउँदै क्रिस्टियन काउमेले गोल गर्दा पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।

५१ औं मिनेटमा फ्रान्सिस्को कास्लाल्टाले दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गरे । ५७ औं मिनेटमा जेनोआका बेन्चमा रहेका गोलरक्षक फेडेरिको मार्केटिले रेफ्रीको निर्णयमा विरोध जनाउँदा रातो कार्ड पाए ।

युभेन्टसका एड्रियन राबिओटले ८७ औं मिनेटमा दोहोरो पेहेंलो कार्ड पाएपछि युभेन्ट्स पनि दस खेलाडीमा सिमित भएको थियो । इन्जुरी समयमा रोनाल्डोले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए । १० खेलपछि युभेन्ट्सको २६ र इन्टर मिलानको २५ अंक छ ।

 

 

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.