default_image

5 years ago

October 31, 2019

सुदीशले शेख कमलको फाइनल खेलाउँदै

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा नेपाली क्लबको सहभागिता छैन । रुस्लान थ्री स्टार क्लब खेल्ने भनिएपनि अन्तमा टोली सहभागी भएन । नेपाली खेलाडीका रुपमा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले माल्दिभ्सको टिसी स्पोर्टस्बाट खेलेका थिए । तर, विमलको टोली समूह चरणबाट बाहिरिएको थियो । अघिल्लो संस्करणमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले खेलेको […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा नेपाली क्लबको सहभागिता छैन । रुस्लान थ्री स्टार क्लब खेल्ने भनिएपनि अन्तमा टोली सहभागी भएन । नेपाली खेलाडीका रुपमा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले माल्दिभ्सको टिसी स्पोर्टस्बाट खेलेका थिए ।

तर, विमलको टोली समूह चरणबाट बाहिरिएको थियो । अघिल्लो संस्करणमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले खेलेको थियो । त्यो संस्करणमा टिसी स्पोर्टसले उपाधि जितेको थियो । त्यति बेला टिसी स्पोर्टसको गोलकिपर राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ थिए ।

यसपटक फाइनलमा खेलाडी वा क्लब नभएपनि फाइनलमा नेपालीको उपस्थिति रहने भएको छ । फिफा रेफ्री सुदीश पाण्डेले फाइनल खेलाउने भएका छन् । बंगलादेशको चटग्राम अबहानी लिमिटेड र मलेसियाको टेरेन्गुना एफसीबीच आज साँझ हुने फाइनल सुदीशले खेलाउने छन् । फाइनलमा उनका सहायकमा नेपाली फिफा सहायक रेफ्री रोजन श्रेष्ठ र श्रीलंकाका धन्कुशका सम्पथ रहेका छन् । फोर्थ अफिसियलमा असान्था पि डायस छन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, जोर्डन, श्रीलंका र इन्डोनेसियाका गरि १६ रेफ्री रहेका छन् । यस्तोमा फाइनल खेलाउनु पाउनु आफ्नो लागि व्यक्तिगत रुपमा खुसी लाग्नु स्वभाविक हुँदै भने, देशको प्रतिनिधिका रुपमा यस्तो मौकाले पाउँदा गर्व महसुस हुने रहेछ । च्याम्प्यिनसिपमा समूह चरणका २ खेल खेलाएका सुदीशले ३ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिसकेका छन् ।

सन् २०११ मा फिफा रेफ्री बनेका सुदीश यो अवस्थामा आइपुग्नका लागि अनुशासन, मेहनत र प्रदर्शननै मुख्य रहेको बताएका छन् । १७ वर्ष देखि रेफ्रीको भूमिका निर्वाह गर्दै सुदीशले २००७ देखि २००९ सम्मको एफसी प्रोजेक्ट कोर्षमा सहभागी हुँदै उनको अन्तर्राष्ट्रिय रेफ्री करियरको यात्रा सुरु भएको थियो । उनले अहिले सम्म एसियन गेम्सको छनोन, एएफसी च्याम्पियन्स लिग, एएफसी कप, साफ च्याम्पियनसिप (२०१३,२०१५), एसइए गेम्स, अन्तर्राष्ट्रिय मैत्रीपूर्णका विभिन्न खेल सञ्चालन गरिसकेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.