default_image

5 years ago

October 31, 2019

एन्फा प्राविधिक निर्देशकमा ग्यारी नियुक्त

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियाका ग्यारी माइकल फिलिप्सलाई टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) मा नियुक्त गरेको छ । गत सोमबारै नेपाल आइपुगेका ग्यारीलाई बिहीबार एन्फाले प्राविधिक निर्देशक नियुक्त गर्दै स्वागत गरेको हो । ग्यारीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह,  प्रशिक्षकहरुले स्वागत गरे । उनी एक वर्षको लागि प्राविधिक निर्देशकमा नियुक्त […]

24 views

0 Bookmark

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियाका ग्यारी माइकल फिलिप्सलाई टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) मा नियुक्त गरेको छ । गत सोमबारै नेपाल आइपुगेका ग्यारीलाई बिहीबार एन्फाले प्राविधिक निर्देशक नियुक्त गर्दै स्वागत गरेको हो । ग्यारीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह,  प्रशिक्षकहरुले स्वागत गरे ।

उनी एक वर्षको लागि प्राविधिक निर्देशकमा नियुक्त भएका हुन् ।। टेक्निकल डिरेक्टर नियुक्त भएसँगै ग्यारीले नेपाली फुटबलको रणनीतिदेखि खेल्ने शैलीको बिषयमा अनुसन्धान तथा विकासका साथै ग्रासरुट फुटबलदेखि युवा फुटबल विकासको परियोजनाको रणनीति बनाउने छन् । यसअघि एन्फाको प्राविधिक निर्देशकमा जापानका ताकेदा रहेका थिए ।

अष्ट्रेलियाका पूर्व मिडफिल्डर ग्यारीले एक दशक बढी लामो समय अष्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा बिताएका थिए । त्यसपछि उनले ब्रिसबन स्ट्राईकर्सबाट ब्यवसायिक फुटलब खेलेका थिए । सिड्नीबाट उनले खेलाडी र प्रशिक्षकको रुपमा समेत उपाधि जितेका छन् ।

फिलिप्स २००९ मा मलेसियन प्रिमियर लिगको सवह एफएको प्रशिक्षकका साथै प्राविधिक निर्देशक बनेका थिए । उनले २०१५ मा पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको समेत नेतृत्व गरेका थिए । त्यसपछि पुनः मलेसिया फर्किएको ग्यारीले मलेसियन प्रिमियर लिगका विभिन्न क्लबलाई प्रशिक्षण दिएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.