default_image

4 years ago

November 2, 2019

लिभरपुललाई भिल्लाको चुनौती, सिटी साउथह्याम्पटनसँग खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ११ चरणका ८ खेलहरु हुदैछ । लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको भ्रमण गर्दा लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजेपछि हुनेछ । त्यसअघि साँझ ६ः१५ बजे बर्नमाउथले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ११ चरणका ८ खेलहरु हुदैछ । लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको भ्रमण गर्दा लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल राति ८ः४५ बजेपछि हुनेछ । त्यसअघि साँझ ६ः१५ बजे बर्नमाउथले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो अग्रता थप मजवुत बनाउने लक्ष्यमा रहँदा सिटी पनि साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलसँगको अंक दुरी छोट्याउने लक्ष्यमा रहनेछ ।

१०औं चरणमा लिभरपुलले टोटेनहममाथि २–१ को कठिन जित निकालेको थियो । भिल्ला सिटीसँग ३–० ले पराजित भएको थियो ।

यता, सिटीले भिल्लालाई ३–० को गोल अन्तरमा पराजित गरेको थियो । १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको साउथह्याम्टन लेस्टर सिटीसँग ९–० को भारी अन्तरले पराजित भएको थियो । साउथह्याम्पटन लेस्टरसँगको फराकिलो हारको पीडा भुलाउने लक्ष्यमा सिटीलाई स्तब्ध या बराबरीको नतिजा निकाल्ने लक्ष्यमा रहँदा सिटी साउथह्याम्पटनमाथि सहज जितको खोजीमा हुनेछ ।

१०औं चरणको खेल सकिँदा लिभरपुल ९ जित र एक बराबरीसहित २८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै ७ जित, १ बराबरी र दुई हारबाट सिटी २२ अंक जोडेर दोस्रो स्थानमा छ । एस्टन भिल्ला ११ अंक जोडेर १५औं तथा साउथह्याम्पटन ८ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।

प्रिमियर लिगका आज रातिका अन्य खेलहरु

बर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड (साँझ ६ः१५ बजे)

आर्सनलविरुद्ध वल्भ्स (राति ८ः४५ बजे)

ब्राइटनविरुद्ध नर्विच सिटी (राति ८ः४५ बजे)

सेफिल्ड युनाइटेडविरुद्ध बर्नली (राति ८ः४५ बजे)

वेस्टह्यामविरुद्ध न्यु क्यासल युनाइटेड (राति ८ः४५ बजे)

वाटफोर्डविरुद्ध चेल्सी (राति ८ः४५ बजे)

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.