default_image

4 years ago

November 2, 2019

लगातार आठौं जितको खोजीमा बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति स्पेनिस ला लिगामा लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ । खेल लेभान्टेको मैदानमा राति ८ः४५ बजेपछि शुरु हुनेछ । ला लिगाको पाँचौ राउन्डमा ग्रानडासँग २–० ले स्तब्ध भएयता बार्सिलोनाले लगातार ७ खेलमा जित हात पारेको छ । बार्सिलोनाले पछिल्ला ७ खेलमा जित निकाल्दा भिल्लारियल, गेटाफे, इन्टर मिलान, सेभिल्ला, इवर, स्लाभिया प्राहा […]

27 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति स्पेनिस ला लिगामा लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ । खेल लेभान्टेको मैदानमा राति ८ः४५ बजेपछि शुरु हुनेछ ।

ला लिगाको पाँचौ राउन्डमा ग्रानडासँग २–० ले स्तब्ध भएयता बार्सिलोनाले लगातार ७ खेलमा जित हात पारेको छ । बार्सिलोनाले पछिल्ला ७ खेलमा जित निकाल्दा भिल्लारियल, गेटाफे, इन्टर मिलान, सेभिल्ला, इवर, स्लाभिया प्राहा र रियल भालाडोलिडलाई शिकार बनाएको थियो । यस्तोमा बार्सिलोना लगातार आठौं जितको खोजीमा हुनेछ ।

लेभान्टेविरुद्ध बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज पहिलो रोजाईमा रहँदा एन्टोइन ग्रिजमनले पनि सुरुवाती ११ मा खेल्ने सम्भावना छ । औसमाने डेम्वेले २ खेलको प्रतिबन्धबाट फर्केपनि टोलीमा समावेश छैनन् । यस्तै इभान राकिटिक, आर्थर र फ्रान्की डि जोङ टोलीमा रहनेछन् । अघिल्लो खेलमा फ्रिकिकमार्फत ५० गोल पुरा गरेका कप्तान मेस्सी नै टोलीको मुख्य हतियार हुनेछन् ।

यता, चोटसँग जुधिरहेको लेभान्टे बार्सिलोनालाई स्तब्ध पार्ने रणनीतिमा मैदानमा उत्रनेछ । टोनो, इभान लोपेज, ओइर ओलाजावाल र रोवर्ट पिएर बार्सिलोनाविरुद्धको खेलमा टोलीमा हुने छैनन् । तर, अघिल्लो खेलमा रियल सोसिडाडमाथि २–१ को जितले टोलीको आत्मविश्वास बढेको छ । पछिल्ला ६ खेलमा लेभान्टेले समान २ (जित, बराबरी र हार ) को मिश्रित नतिजा निकालेको छ ।

१० खेलबाट २२ अंकसहित बार्सिलोना शीर्षस्थानमा छ । समान खेलबाटै २१ अंक जोडेको रियाल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लेभान्टे १४ अंकसहित ११औं स्थानमा छ ।

ला लिगाको खेलहरु

इस्पान्योलविरुद्ध भ्यालेन्सिया (५ः४५ बजे)

लेभान्टेविरुद्ध बार्सिलोना (राति ८ः४५ बजे)

सेभिल्लाविरुद्ध एट्लेटिको मड्रिड (राति ११ः१५ बजे)

रियल म्याड्रिडविरुद्ध रियल बेटिस (आइतबार बिहान १ः४५ बजे)

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.