default_image

4 years ago

November 2, 2019

रियललाई बेन्जेमाकै भरोसा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । पछिल्लो खेलमा लेगानेसमाथि ५-० को सहज जित दर्ता गरेको रियल लगातार तेस्रो जित हासिल गर्ने सुरमा हुनेछ । रियलका लागि लेगानेसविरुद्ध जारी सिजन अपेक्षित प्रदर्शन गर्न नसकेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । गोलरक्षक थिबाउट कोर्टुवाले क्लिन सिट राख्दा लुका जोभिचले […]

26 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । पछिल्लो खेलमा लेगानेसमाथि ५-० को सहज जित दर्ता गरेको रियल लगातार तेस्रो जित हासिल गर्ने सुरमा हुनेछ ।

रियलका लागि लेगानेसविरुद्ध जारी सिजन अपेक्षित प्रदर्शन गर्न नसकेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । गोलरक्षक थिबाउट कोर्टुवाले क्लिन सिट राख्दा लुका जोभिचले रियलका लागि पहिलो गोल गरे । यस्तै इडेन हाजार्डले पनि समर्थकहरुको मन जिते । उक्त प्रदर्शनलाई निरन्तरता दिएमा रियलले बेटिसविरुद्ध सहज जित दर्ता गर्ने आंकलन गर्न सकिन्छ ।

बेटिसले सान्टियागो बर्नाबाउमा खेलेका ५३ खेलमध्य ७ पटक मात्र जित दर्ता गरेको छ । यस सिजन बेटिसको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । मुख्य मिडफिल्डर जिओभानी लो सेल्सो प्रिमियर लिग क्लब टोटेनहम गएपछि क्लबलाई केहि समस्या परेको छ । लिगको ११ खेल सकिंदा बेटिसको १२ अंकमात्र छ । रियलविरुद्ध खराब नतिजा आएको खण्डमा प्रशिक्षक रुबीको जागिर पनि खतरामा पर्नेछ ।

रियलका लागि यस खेलमा ग्यारेथ बेल, लुकास भाज्केज र हामेस रोड्रीग्वेज उपलब्ध छैनन् । युवा फरवार्ड भिनिसियस लेगानेसविरुद्ध खेलमा अनुपस्थित रहेपछि यसपटक भने टोलीमा समेटिएका छन् । मार्को एसेन्सियो र नाचो फर्नान्डेज चोटका कारण लामो समय मैदानबाहिर रहनेछन् । जारी सिजन उत्कृष्ट लयमा रहेका फरवार्ड करीम बेन्जेमामाथि रियलको भरोसा रहनेछ । उनले यस सिजन ७ गोल गरिसकेका छन् । लगातार आक्रमणमा अन्य खेलाडी परिवर्तन हुँदा बेन्जेमाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.