default_image

4 years ago

November 2, 2019

म्यानचेस्टर युनाइटेड फेरि स्तब्ध

एजेन्सी – प्रिमियर लिगको यो सिजनमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । शनिबार टोलीले अर्को हार बेहोरेको छ । १० खेलमा ४ खेल गुमाइसकेको युनाइटेडले ४ मा बराबरी खेलेको छ भने मात्र ३ खेलमा जित हासिल गरेको छ । जोसुवा किङ्सको गोलमा यसपटक युनाइटेड एएफसी बोर्नमाउथसँग १–० ले स्तब्ध भएको थियो । युनाइटेड दुई […]

25 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको यो सिजनमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । शनिबार टोलीले अर्को हार बेहोरेको छ । १० खेलमा ४ खेल गुमाइसकेको युनाइटेडले ४ मा बराबरी खेलेको छ भने मात्र ३ खेलमा जित हासिल गरेको छ ।

जोसुवा किङ्सको गोलमा यसपटक युनाइटेड एएफसी बोर्नमाउथसँग १–० ले स्तब्ध भएको थियो । युनाइटेड दुई पटक सम्म गोलको नजिक पुगेको थियो । तर, सफल हुन सकेन । एन्ड्रिस पेरिराको प्रहार क्रसबारबाट माथिबाट बाहिरिएको थियो । त्यस्तै ड्यानियल जेम्सको लामो प्रहार पोष्ट नजिकबाट बाहिरएको थियो ।

पहिलो हाफको अन्त्यमा बोर्नमाउथले अग्रता लिएको थियो । एडम स्थिमथको क्रसमा किङले गोल गरेका थिए । घरेलु टोलीले अग्रतालाई दोब्बर बनाउने अवसर पाएको थियो ।

कालुम विल्सनले ७५ औं मिनेटमा गरेको प्रहारलाई युनाइटेडका किपर डेभिड डि गियाले रोकेका थिए ।
पाँच खेलमा पहिलो जित हासिल गरेको बोर्नमाउथ १६ अंकका साथ छैटौं स्थानमा उक्लेको छ । आठौं स्थानमा रहेको युनाइटेडको १३ अंक छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.