default_image

4 years ago

November 2, 2019

फ्रान्कफर्टसँग बायर्नको लज्जास्पद हार

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फ्रान्कफर्टसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बायर्न घरेलु टोली फ्रान्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । खेलको नवौं मिनेटमा जेरोमी बोएटिङलाई भिएआरको सहायतामा रातो कार्ड देखाउदै मैदानबाहिर पठाएपछि बायर्न १० खेलाडीमा समेटिदै समस्यामा परेको थियो ।  २५औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै […]

16 views

0 Bookmark

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फ्रान्कफर्टसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बायर्न घरेलु टोली फ्रान्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो ।

खेलको नवौं मिनेटमा जेरोमी बोएटिङलाई भिएआरको सहायतामा रातो कार्ड देखाउदै मैदानबाहिर पठाएपछि बायर्न १० खेलाडीमा समेटिदै समस्यामा परेको थियो ।  २५औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३३औं मिनेटमा डिजब्रिल सोले गोल गरेपछि फ्रान्कफर्टले खेलमा २–० को अग्रता लियो ।

 

 

 

३७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिएका थिए । ४९औं मिनेटमा डेभिड अब्राहमले गोल गर्दै फ्रान्कफर्टलाई ३–१ को स्थितिमा ल्याए । फ्रान्कफर्टको गोल गर्ने क्रम अझै रोकिएन । ६१औं मिनेटमा मार्टिनले गोल गर्दै फ्रान्कफर्टको जित सुनिश्चित जस्तै गरे । ८५औं मिनेटमा गोन्कालोले गोल गर्दै बायर्नलाई ५–१ को लज्जास्पद हार चखाए ।

जितसँगै  फ्रान्कफर्ट १० खेलबाट १७ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित बायर्न समान १० खेलबाटै १८ अंक जोडेर चौथो स्थानमा छ ।

 

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.