5 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) –काठमाडौं (हाम्रो खेलकुद) – मापदण्ड पुरा नभएका कारण नेपालका सबै १४ वटा ए डिभिजन क्लबको एएफसी क्लब लाइसेन्सको आवेदन अस्वीकृत भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको क्लब लाइसेन्स कमिटिले ए डिभिजनका सबै क्लबको निवेदन अस्विकार भएको जनाएको छ ।
क्लब लाइसेन्सिङको मापदण्ड पुरा नगरेपनि गत वर्ष सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एफसी कप खेल्न पाएको थियो । तर पछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो । मापदण्ड पुरा नभएपछि अब एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपाली क्लबले भाग लिन पाउने छैनन् ।
एन्फा क्लब लाइसेन्स कमिटि र फस्ट इन्सटेन्ट बडी (एफआइबी) को गत अक्टोवर २५ मा बसेको बैठकले नेपालको सबै १४ क्लबले ढिला गरी एएफसीमा आवेदन बुझाउको भन्दै अस्वीकार गरेको हो । एन्फाले यसवर्ष सबै १४ क्लबको लायसेन्स अस्वीकार गरेपनि अर्काे वर्षको लागि प्रक्रिया थालिने बताएका छन् ।
एन्फाले अर्काे वर्षको लागि राष्ट्रिय लिगमा सबै क्लबको प्रक्रिया पुरा गरेर एएफसीको क्लब लाइसेन्स प्रशासन पद्धति (सिएलएस) मा पठाउने निर्णय गरेको छ ।
यसवर्षको लागि मनाङ–मस्याङ्दी, थ्री स्टार, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्डस् क्लब, सरस्वती युथ क्लब, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वइज क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले एएफसी क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]