default_image

5 years ago

November 3, 2019

मैत्रीपूर्ण खेलका लागि फुटबल टोली म्यानमारतर्फ

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आइबार म्यानमार प्रथान गरेको छ । नेपाल र म्यानमारबीच बिहीबार मैत्रीपूर्ण खेल हुँदैछ । मंसिर ३ गते दशरथ रंगशालामा कुवेतविरुद्ध हुने विश्व कप छनोटको खेलको तयारीका क्रममा रहेको नेपाली टोली मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले टोलीको विदाई गरेका थिए । गत महिना जोर्डनविरुद्ध भएको विश्व कपको छनोटमा रहेको टोलीका ४ खेलाडी यसपटक टोलीमा छैनन् ।

नियमित कप्तान किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यसपटक २३ सदस्यीय टोलीमा छैनन् । भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा गोलकिपर एलेन न्यौपाने पनि टोलीमा स्थान बनाएका छन् । सुवास गुरुङ र मिछेन तामाङ पहिलो पटक टोलीमा समेटिएका छन् ।

नेपाली फुटबल टोली

गोलकिपर –विकेश कुथु, बिशाल श्रेष्ठ, एलान न्यौपाने

रक्षक – सरोज दाहाल,अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल, सुमन आर्यल

मिडफिल्ड – सुनिल बल, रवि पासवान, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिछेन तामाङ

फरर्वाड – भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रशिक्षक – योहान कालिन (मुख्य), किरण श्रेष्ठ (सहायक)

व्यवस्थापक –मधुसुदन उपाध्याय

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.