default_image

5 years ago

November 3, 2019

रोहितको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया लिगा वानमा आइतबार जित हासिल गरेको छ । पर्सिजाले टिरा पेर्सिकाबोलाई २–० ले हराएको थियो । टोलीको जितमा मार्को सिमिक र जान्डाओले गोल गरे । गत वर्ष लिगको सर्वोत्कृष्ट बनेका रोहितले आइतबार पुरै समय खेलेका थिए । गत महिना जोर्डनविरुद्धको विश्व कप […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया लिगा वानमा आइतबार जित हासिल गरेको छ । पर्सिजाले टिरा पेर्सिकाबोलाई २–० ले हराएको थियो ।

टोलीको जितमा मार्को सिमिक र जान्डाओले गोल गरे । गत वर्ष लिगको सर्वोत्कृष्ट बनेका रोहितले आइतबार पुरै समय खेलेका थिए । गत महिना जोर्डनविरुद्धको विश्व कप छनोट खेलेपछि रोहित त्यहाँबाट इन्डोनेसिया गएका थिए ।

यो साता म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण खेलमा भने रोहित राष्ट्रिय टोलीमा छैनन् । बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ । साविक विजेता रहेको पर्सिजाले २४ खेलबाट २७ अंक जोडेको छ र टोली १४ औं स्थानमा छ । सातौं स्थानमा रहेको पर्सिकाबोको ३७ अंक छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.