default_image

4 years ago

November 5, 2019

रियल म्याड्रिडलाई फ्रिकिकको चिन्ता

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको प्रदर्शन क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि खस्केकोमा सायदै दुइमत होला । रोनाल्डोको प्रस्थानपछि आक्रमणमा कमजोर बनेको रियल अर्को पक्षमा पनि पछाडी परेको छ, त्यो हो फ्रिकिक । रोनाल्डो रियल म्याड्रिडमा रहँदा फ्रिकिक पनि गोल गर्ने ठूलो अवसरका रुपमा रहने गर्थ्यो । उनले फ्रिकिकबाट सिधै गोल गर्ने मात्र नभएर अन्य खेलाडीलाई […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको प्रदर्शन क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि खस्केकोमा सायदै दुइमत होला । रोनाल्डोको प्रस्थानपछि आक्रमणमा कमजोर बनेको रियल अर्को पक्षमा पनि पछाडी परेको छ, त्यो हो फ्रिकिक ।

रोनाल्डो रियल म्याड्रिडमा रहँदा फ्रिकिक पनि गोल गर्ने ठूलो अवसरका रुपमा रहने गर्थ्यो । उनले फ्रिकिकबाट सिधै गोल गर्ने मात्र नभएर अन्य खेलाडीलाई पनि गोलको अवसर सिर्जना गर्दथे । विपक्षी डिफेन्सलाई उनको फ्रिकिक क्लियर गर्न निकै समस्या पर्ने गर्दथ्यो । तर रोनाल्डोको प्रस्थानपछि भने रियलमा फ्रिकिक प्रहार गर्ने खेलाडीको कमी महसुस भएको छ ।

रियलका लागि यस सिजन सात फरक खेलाडीले फ्रिकिक प्रहार गर्ने जिम्मेवारी लिएका छन् । त्यसमध्य लगभग हरेक पटक नै आलोपालो फ्रिकिक प्रहार हुँदै आएको छ । तर कुनै खेलाडीले पनि गोल गर्न भने सकेका छैनन् । टोनी क्रुस र क्यासेमिरोले बेटिसविरुद्ध गोल गर्न सकेनन् । सर्जियो रामोसले त्यसअघि गरेका प्रयासले पनि सफलता पाउन सकेन ।

रोनाल्डोले क्लब छाड्नुअघि ९६ प्रयासमा ७ गोल गरेका थिए । त्यसपछि रियलले फ्रिकिकमा गोल गर्न निकै संघर्ष गर्नुपरेको छ । पछिल्लोपटक रियलका लागि फ्रिकिकमा गोल जनवरी १३ तारिखमा ड्यानी सेबालोसले गरेका थिए । उनी अहिले आर्सनल पुगिसकेका छन् । त्यसपछि १९ प्रहारमा गोल हुन सकेको छैन । रोनाल्डो रियलमा हुँदा नै फ्रिकिक प्रहार गर्ने गरेका ग्यारेथ बेलमाथि निकै आशा राखिएपनि उनले ६८ प्रयासमा ४ गोल गरेका छन् ।

प्रि-सिजनको खेलमा ब्राजिलियन युवा फरवार्ड रोड्रीगो गोएसले फ्रिकिकमा गोल गरेका थिए । उनले बायर्नविरुद्ध मैत्रीपूर्ण खेलमा उत्कृष्ट फ्रिकिक गोल प्रहार गरेका थिए । तर उनले प्रतिस्पर्धात्मक खेलमा भने फ्रिकिक प्रहार गर्ने अवसर पाएका छैनन् । रोनाल्डोपछि आक्रमणमा विकल्पको खोजी गरिरहेको रियलले अब फ्रिकिक प्रहार गर्ने क्षमता भएका खेलाडीमा नजर राख्न सक्छ । लामो समयदेखि रियलको ट्रान्सफर लक्ष्य रहेका मिडफिल्डर पल पोग्बा र क्रिस्टियन एरिक्सन उचित विकल्प हुन सक्छन् ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.