default_image

4 years ago

November 6, 2019

मेस्सी चुक्दा बार्सिलोना रोकियो

एजेन्सी – कप्तान लियोनेल मेस्सीले केही सुन्दर मौका खेर फाल्दा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको छ । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान नोउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको ११औं मिनेटमा […]

28 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले केही सुन्दर मौका खेर फाल्दा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको छ । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान नोउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको ११औं मिनेटमा जेरार्ड पिकेको प्रहार बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो ।

३५औं मिनेटमा आर्टुरो भिडालको पासमा कप्तान लियोनेल मेस्सीको प्रहार क्रसबारमा लागेर बाहिरिदा बार्सिलोना चुकचुकाएको थियो । ४३औं मिनेटमा भिडालको पासमा मेस्सीको प्रहार गोलरक्षक ओनरेज कोलारले सहजै बचाए । पहिलो हाफको इन्ज्युरी समयमा प्राहाले गोल गरेपनि गोलले मान्यता पाएन ।

७८औं मिनेटमा अन्सु फातीको पासमा मेस्सीको प्रयास गोलरक्षकले विफल पारिदिए । इन्ज्युरी समयमा अर्काे एउटा सुन्दर मौका पाएपनि सदुपयोग शुन नसक्दा बार्सिलोना गोलरहित बराबरीमा रोकियो ।

बराबरीसँगै बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा यथावत छ । प्राहा २ अंक जोडेर पुछारमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.