default_image

4 years ago

November 6, 2019

८ गोल, दुई रातो कार्ड, खेल बराबरी

एजेन्सी – ८ गोल र दुई रातो भएको च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो । स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती […]

26 views

0 Bookmark

एजेन्सी – ८ गोल र दुई रातो भएको च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती गोलबाट पाहुना टोली आयाक्स खेलमा अघि बढेको थियो । कप्तान सेजरले पेनाल्टी बक्सबाहिर फल गरेपछि प्राप्त फ्रिकिकमा क्वीन्सी प्रोमिसको प्रहारलाई जोगाउन खोज्दा टम्मीले आफ्न पोस्टमा गोल गरेका थिए ।

 

लगत्तै चेल्सीले पेनाल्टीको मौका पायो । जोयल भेल्टम्यानले क्रिस्टियन पुलिसिसलाई फल गरेपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले गोल गरे ।
२०औं मिनेटमा हाकिमी जियाचको पासमा क्वीन्सी प्रोमिसले गोल गर्दा आयाक्सले खेलमा २–१ को अग्रता बनायो । ३५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा अरिजाबालगाले आत्मघाती गोल गरेपछि आयाक्सले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

५५औं मिनेटमा डोनी भान डि बिकले गोल गरेपछि घरेलु टोली चेल्सीविरुद्ध आयाक्स ४–१ को आरामदायी अग्रतामा पुगेको थियो । ६३औं मिनेटमा सेजर गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत देखाएका थिए । दुई मिनेटको अन्तरमा आयाक्सका दुई खेलाडी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि चेल्सी खेलमा फर्किएको थियो ।

अब्राहमलाई फल गरेपछि डाले ब्लिन्ड ६८औं मिनेटमा तथा ६९औं मिनेटमा जोयल भेल्टम्यानले कलुम हड्सन ओडोइको प्रहारलाई ह्यान्ड गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आयाक्स ९ खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा चेल्सीले उठायो । ७१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई ३–४ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा रिस जेम्सले गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए । विलियनको क्रसमा कोर्ट जुमाको हेडर क्रसबारमा लागेर फर्किएको रिवाउन्डमा जेम्सले सुन्दर गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । ७८औं मिनेटमा कप्तान सेजरले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल ४–४ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘एच’ मा आयाक्स ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ । समान ७ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ । भ्यालेन्सियाको पनि ७ अंक छ । लिल १ अंक जोडेर पुछारमा छ । स्पेनिस भ्यालेन्सियाले फ्रेन्च लिललाई ४–१ ले पराजित गरेको छ ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.