default_image

4 years ago

November 9, 2019

प्यालेसमाथि चेल्सीको सहज जित

एजेन्सी –लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिगमा लगातार छैटौ जित निकालेको चेल्सीको १२ खेलबाट २६ अंक रहेको छ । युवा खेलाडीले भरिएको चेल्सी लिभरपुलसँग छैटौ चरणमा २–१ ले […]

19 views

0 Bookmark

एजेन्सी –लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

प्रिमियर लिगमा लगातार छैटौ जित निकालेको चेल्सीको १२ खेलबाट २६ अंक रहेको छ । युवा खेलाडीले भरिएको चेल्सी लिभरपुलसँग छैटौ चरणमा २–१ ले पराजित भएयता, प्रिमियर लिगमा अपराजित रहेको छ ।

एक खेल कम खेलेको लिभरपुल ३१ अंक जोडेर शीर्षस्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २५ अंकसहित चौथो तथा २६ अंकसहित लेस्टर सिटी दोस्रो स्थानमा छ । प्रिमियर लिगमा आइतबार शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुदैछ ।

स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीलाई जिताउन ट्यामी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । क्रिस्टल प्यालेसलाई घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा चेल्सीलाई रोक्न सफल भएन ।

५२औं मिनेटमा ट्यामीले विलियनको पासमा गोल गर्दै चेल्सीले अग्रता दिलाए । ७९ औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । पराजित क्रिस्टल प्यालेस १५ अंकसहित १०औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.