default_image

4 years ago

November 10, 2019

बेन्जेमाको दुई गोलमा रियालको प्रभावशाली जित

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । रियालले इवरमाथि उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । रियालको प्रभावशाली जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र फेडरिको भालभेर्डेले गोल गरे । इवरमा रियलले २९ मिनेटभित्रै तथा १२ मिनेटको अन्तरमा ३–० को […]

37 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । रियालले इवरमाथि उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो ।

रियालको प्रभावशाली जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र फेडरिको भालभेर्डेले गोल गरे । इवरमा रियलले २९ मिनेटभित्रै तथा १२ मिनेटको अन्तरमा ३–० को आरामदायी अग्रता लिएको लियो ।

१७औं मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । २९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियाललाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । दुई गोल गरेका बेन्जेमाले गेरीका लिजेण्ड फरवार्ड फरेन्क पुस्कसलाई पछि पार्दै रियालको लागि सर्वाधिक गोल गर्ने छैटौ खेलाडी बने ।

६१औं मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियाललाई ४–० को सहज जित दिलाए । जितसँगै रियाल १२ अ‍ेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान २५ अंक नै रहेपनि बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा छ । पराजित इवर १५ अंकसहित १५आं स्थनमा छ ।

 

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.