default_image

4 years ago

November 15, 2019

स्पेनका सर्वाधिक गोलकर्ता भिल्ला सन्यास लिँदै

एजेन्सी – स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडी डेभिड भिल्लाले यो वर्षको अन्त्यपछि फुटबलबाट सन्यास लिने घोषणा गरेका छ । जापानी क्लब भिसेल कोबेसँग यो वर्षको अन्त्यमा सन्यास लिने घोषणा गरेका हुन् । भ्यालेन्सिया, बार्सिलोना, एट्लेटिको म्याड्रिडका ३८ वर्षे पूर्व स्ट्राइकरले आफनो खेल जीवनमा निकै गोल गरे, कीर्तिमान बनाए र उपाधि जिते । सिडी टुल्लाबाट […]

22 views

0 Bookmark

एजेन्सी – स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडी डेभिड भिल्लाले यो वर्षको अन्त्यपछि फुटबलबाट सन्यास लिने घोषणा गरेका छ । जापानी क्लब भिसेल कोबेसँग यो वर्षको अन्त्यमा सन्यास लिने घोषणा गरेका हुन् ।

भ्यालेन्सिया, बार्सिलोना, एट्लेटिको म्याड्रिडका ३८ वर्षे पूर्व स्ट्राइकरले आफनो खेल जीवनमा निकै गोल गरे, कीर्तिमान बनाए र उपाधि जिते । सिडी टुल्लाबाट खेल जीवन सुरु गरेको भिल्ला त्यसपछि स्पोर्टिङ गिजोन पुगे । खेल जीवनमा रियल जारागोजा, भ्यालेन्सिया हुँदै बार्सिलोना पुगेपछि भने उनको खेल जीवनले उचाईलिएको थियो ।

उनले त्यहाँ थ्रुपै उपाधि जिते भने टोलीो महत्वपूर्ण खेलाडी रहे । बार्सिलोना छाडेर उनी २०१३ १४ को सिजनमा एट्लेटिो पुगेका थिए । त्यसपछि युरोपियन फुटबललाई बिट मार्दै उनी अमेरिकाको न्यूयोर्क सिटी एफसीमा आबद्ध भए । त्यसपछि उनी एसियाली मुलुक जाने क्रममा जापानीज क्लबमा आबद्ध भए ।

अन्तर्राष्ट्रिय फुटबलमा भिल्लाले स्पेनका लागि सन् २००८ युरोपियन च्याम्पियनसिप जितेका थिए । त्यसको दुई वर्षपछि २०१० मा स्पेनले पहिलो पटक विश्व कप जित्दा पनि उनी टोलीका महत्वपूर्ण सदस्य थिए । स्पेनका लागि सर्वाधिक गोलकर्तामा अहिले सम्म कसैले उछिन्न सकेको छैन । उनले देशका लागि ५९ गोल गरेका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.