default_image

4 years ago

November 15, 2019

‘रन्जन-अन्जन’ दाजुभाई नै मनाङमा

काठमाडौंं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा विष्ट दाजु भाई रञ्जन र अन्जन फेरि एक पटक एउटै क्लबबाट खेल्ने भएका छन् । रुस्लान थ्री स्टार क्लब छाडेर रन्जन घरेलु फुटबलको सफल टोली सिग्नेचर मनाङ मर्स्याङ्दीमा आबद्ध भएसँगै समर्थकले दाजुभाईलाई फेरि एकपटक सँगै हेर्न पाउने भएका छन् । तीन वर्षअघि अन्जन र रन्जन दुवै एपिएफ क्लबमा आबद्ध थिए […]

50 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा विष्ट दाजु भाई रञ्जन र अन्जन फेरि एक पटक एउटै क्लबबाट खेल्ने भएका छन् । रुस्लान थ्री स्टार क्लब छाडेर रन्जन घरेलु फुटबलको सफल टोली सिग्नेचर मनाङ मर्स्याङ्दीमा आबद्ध भएसँगै समर्थकले दाजुभाईलाई फेरि एकपटक सँगै हेर्न पाउने भएका छन् ।

तीन वर्षअघि अन्जन र रन्जन दुवै एपिएफ क्लबमा आबद्ध थिए । एपिएफ छाडेर अन्जन मनाङ गएको अर्को वर्ष रन्जन पनि घरेलु फुटबलको अर्को सफल टोली थ्री स्टार गएका थिए । रन्जनले मनाङसँगै शुक्रबार सम्झौता गरेका थिए । अन्जनले भने हिजो सम्झौता नविकरण गरेको रन्जनले हाम्रो खेलकुदलाई बताएका छन् ।

मिडफिल्डर अन्जन राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । विश्व कप छनोटअन्तर्गत नेपालले अहिले सम्म ४ खेल खेलिसकेको छ । त्यसमध्ये एकमात्र खेल जित्दा दुवै गोल अन्जनले नै गरेका थिए । गत महिना चाइनिज ताइपेसँग नेपाली टोली २–० ले विजयी भएको थियो । त्यसबाहेकका खेलमा भने नेपाल कुवेतसँग ७–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । अर्को खेल नेपालले कुवेतसँग मंसिर ३ गते भुटानमा खेल्दैछ ।

दशरथ रंगशालामा खेलाउन मापदण्ड नपुग्ने एएफसीको ठहरपछि नेपालले कुवेतमा आफ्नो होम गेमका लागि प्रस्ताव गरेको थियो । दाजु रन्जनले भने पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट मौका पाएका छैनन् । टोलीमा रहँदा पनि उनी वैकल्पिक खेलाडीका रुपमा रहन्थे । अहिले भने उनी टोलीबाट बाहिर छन् ।

भाईसँग खेल्न पाउने भएपछि रन्जन उत्साहित छन् । ‘नयाँ क्लब जाँदा त्यसै पनि उत्साह हुन्छ नै । त्यसमाथि पनि भाईसँग फेरि खेल्दा पाउँदा झन खुसी लागेको छ,’ रन्जनले भने । मनाङले अर्को महिना सुरु हुने लिगका लागि रन्जनलाई लिएको हो । सर्वाधिक सात पटक सहिद स्मारक ए डिभिजन लिग जितेको मनाङले नाइजेरियन फुजा टोपेलाई प्रशिक्षकका रुपमा पुनः भित्राएको बताएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.