default_image

4 years ago

November 16, 2019

स्पेनको आधादर्जन गोल

एजेन्सी – युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनले समुह चरणमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दा शुक्रबार राति माल्टामाथि फराकिलो जित निकालेको छ । स्पेनमा भएको खेलमा घरेलु टोलीले माल्टामाथि ७–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा ७ खेलाडीले नै गोल गरे । अल्भेरो मोराटा, सान्टी कार्जाेला, पोउ टोरेस, पाब्लो साराविया, ड्यानियल ओल्मो, जेरार्ड […]

24 views

0 Bookmark

एजेन्सी – युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनले समुह चरणमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दा शुक्रबार राति माल्टामाथि फराकिलो जित निकालेको छ ।

स्पेनमा भएको खेलमा घरेलु टोलीले माल्टामाथि ७–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा ७ खेलाडीले नै गोल गरे । अल्भेरो मोराटा, सान्टी कार्जाेला, पोउ टोरेस, पाब्लो साराविया, ड्यानियल ओल्मो, जेरार्ड मोरेनो र जेसस नाभासले गोल गरे ।

एकपक्षीय खेलमा स्पेनको खेलको २३औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा कार्जाेलाले गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

स्पेनको गोल गर्ने क्रम दोस्रो हाफमा रोकिएन । ६२औं मिनेटमा टोरेस र ६३औं मिनेटमा सारावियाले गोल गरेपछि स्पेन खेलमा ४–० ले अघि बढ्यो । ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७१औं मिनेटमा मोरेनोले तथा ८५औं मिनेटमा नाभासले गोल गर्दै स्पेनलाई ७–० को फराकिलो जित दिलाए ।

जितसँगै अपराजित रहेको स्पेनले समूह ‘एफ’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित माल्टा ३ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा स्वीडेनले रोमानियालाई २–० ले पराजित गर्दै युरोकपमा स्थान बनाएको छ । स्वीडेनको जितमा मार्कुस वर्ग र रविन क्वाइसनले गोल गरे । स्वीडेनको ९ खेलबाट १८ अंक छ । समान खेलबाटै रोमानियाको १४ अंक छ ।

यही समूहको अर्काे खेलमा नर्वेले फारोह आइल्यान्डलाइै ४–० ले पराजित गरेको छ । नर्वेको १४ तथा आइल्यान्डको ३ अंक छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.