default_image

4 years ago

November 17, 2019

हजार्डको दुई गोलमा बेल्जियमको सहज जित

एजेन्सी – कप्तान इडेन हजार्डको दुई गोल सहयोगमा बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । थोर्गन हजार्ड र रोमेलु लुकाकुले १-१ गोल थपे । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट खेलमा अघि बढेको थियो […]

18 views

0 Bookmark

एजेन्सी – कप्तान इडेन हजार्डको दुई गोल सहयोगमा बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

थोर्गन हजार्ड र रोमेलु लुकाकुले १-१ गोल थपे । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट खेलमा अघि बढेको थियो । उनले इडेन हजार्डको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इडेन हजार्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा इडेन हजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि बेल्जिय पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । इडेनले केभिन डि ब्रुयनको पासमा गोल गरे ।

७२औं मिनेटमा रोमेलु लुकाकुले डि ब्रुयनको पासमा गोल गर्दै बेल्जियमले खेलमा ४–० को अग्रता बनायो । ७९औं मिनेटमा जियोर्जी झिकियाले गोल गर्दै गोल अन्तर कम गरेपनि बेल्जियन ४–१ विजयी रहन सफल भयो ।

जितसँगै अपराजित रहेको बेल्जियमको समूह ‘आइ’ मा ९ खेलबाट २७ अंक रहेको छ । पराजित रसिया समान खेलबाटै २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दुवै टोली युरोकपमा छनोट भइसकेको छ । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई २–१ ले तथा काजकीतानले सान मारिनोलाई ३–१ ले पराजित गरेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.