default_image

4 years ago

November 17, 2019

क्रुस चम्कँदा जर्मनीको प्रभावशाली जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका एट्याकिङ मिडफिल्डर टोनी क्रुस चम्कँदा जर्मनीले युरोकप छनोटमा प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बेलारुसमाथि ४–० को प्रभावशाली जित हात पारेको हो । खेलमा लगातार बेलारुसलाई दवावमा राखेपनि जर्मनीले गोलको लागि ४१औं मिनेट कुर्नुपरेको थियो । डिफेन्डर म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका एट्याकिङ मिडफिल्डर टोनी क्रुस चम्कँदा जर्मनीले युरोकप छनोटमा प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बेलारुसमाथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

खेलमा लगातार बेलारुसलाई दवावमा राखेपनि जर्मनीले गोलको लागि ४१औं मिनेट कुर्नुपरेको थियो । डिफेन्डर म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रत दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेपनि जर्मनीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । ४९औं मिनेटमा लियोन गोरेट्जकाले टोनी क्रुसको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल टोनी क्रुसको नाममा रह्यो ।

५५औं मिनेटमा क्रुसले पहिलो गोल गर्दा जर्मनीले खेलमा ३–० को अग्रता बनायो । ७५औं मिनेटमा बेलारुसले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । त्यसपछि ८३औं मिनेटमा क्रुसले गोल गर्दै जर्मनीलाई ४–० को प्रभावशाली जित दिलाए । जितसँगै जर्मनीले समूह ‘सी’ मा ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड १६ अंकसहित दोस्रो स्थानमा छ । बेलारुस ४ अंकसहित चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा उत्तरी आयरल्यान्ड र नेदरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.