default_image

5 years ago

November 17, 2019

फ्रेन्ड्स चन्द्रागिरी गोल्डकपको क्वार्टरफाइनलमा

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फराकिलो जित निकाल्दै ललितपुरको एनआइबिएल फ्रेन्डस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रेन्डसले आयोजक चन्द्रागिरी नगरपालिकामाथि ५–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएकोखेलमा फ्रेन्डसको फराकिलो जितमा सन्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । फ्रेन्डसले खेलको तेस्रो मिनेटमा नै सन्जोक महर्जनको गोलबाट अग्रता लिएको थियो ।

पाँचौ मिनेटमा शक्ति राईले गोल गर्दै फ्रेन्डसलाई शुरुमै राम्रो शुरुवात दिलाएका थिए । २३औं मिनेटमा रुमेश बर्ताैलाले फ्रिकिकमा सुन्दर गोल गरेपछि फ्रेन्डसले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो । पहिलो हाफमा आयोजकले केही मौका खेर फालेको थियो । प्रतिस्पर्धात्मक बनको दोस्रो हाफमा आयोजकले फ्रेन्डसलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । बरु दुई गोल खान पुग्यो ।

४३औं मिनेटमा घरेलु टोलीले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । अविरल रिजालको प्रहार क्रसबारमा लागेर रिवाउन्डमा पाएको बललाई अनिल गुरुले प्रहार गरेपनि सुरज गुरुङले हेडमार्फत बचाएका थिए । ५१औं मिनेटमा प्रिजेन तामाङले बक्स बाहिरबाछ उत्कृष्ट गोल गरेपछि फ्रेन्डस फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ७०औं मिनेटमा निशान सुब्बाले गोल गर्दै फ्रेन्डसलाई ५–० को फराकिलो जित दिलाए । निशानको फितलो प्रहार गोलरक्षक रोशन नेपालले रोक्ने कुनै मौका नै पाएन । फ्रेन्डसका सन्जोक महर्जन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया हात पारे ।

प्रतियोगितामा सोमबार विभागीय नेपाल पुलिस क्लब र जावलखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो २ः३० बजेपछि शुरु हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् । समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ ।

विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

काठमाडौंको पुरानो नैकापमा जारी प्रतियोगितामा अब फ्रेन्ड्सले क्वार्टरफाइनलमा अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । १० ए डिजिभन टोलीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

दीपशिखा युवा समूहले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो दिन आयोजक टोलीलाई हराउँदै ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब अन्तिम आठमा पुगेको थियो । प्रतियोगितामा सोमबार दुई ए डिभजिन टोली नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.