default_image

4 years ago

November 18, 2019

इंग्ल्यान्डसँग कोसोभो निरिह

एजेन्सी – इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।  इंग्ल्यान्डको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो । उनले […]

19 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोमाथि ४–० को प्रभावशाली जित निकालेको हो । 


इंग्ल्यान्डको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो । उनले एलेक्स अक्सलेड नेम्वरलेनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । समय सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डले तीन गोल गर्दै फराकिो जित निकाल्न सफल भयो ।

७९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे । ८३औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । इन्ज्युर समयको थप गरिएको पहिलो मिनेटमा मासन माउन्टले इंग्ल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–० को प्रभावशाली जित निकाल्न सफल भयो ।

जितसँगैं इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्दै समूह ‘ए’ मा शीर्षस्थानमा रह्यो । इंग्ल्यान्डले समूहमा एक खेल मात्रै गुमायो । कोसोभो ११ अंकसहित तेस्रो स्थानमा रह्यो । चेक रिपब्लिक १५ अंकसहित दोस्रो स्थानमा रहँदा बुल्गेरिया र मोन्टेनेग्रो चौथो र पाँचौ स्थानमा रह्यो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.