6 years ago
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लङ्घन गरेका कारण अघिल्लो साता राष्ट्रिय टोलीबाट हटाइएका विमल घर्तीमगरसहितका ३ खेलाडीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता अन्यौलमा रहेको छ । तीनै खेलाडी अहिलेसम्म टोलीबाहिरै रहेका छन् ।

स्वयम्भुमा शुक्रबार बिहान सागको ओलम्पिक टर्च लाइट र्याली सुरु हुँदामा फुटबलसँगै अन्य खेलका पनि खेलाडी तथा प्रशिक्षक उपस्थित हुँदा फुटबल टोलीमा रहेका विमल, अन्जन विष्ट र दीनेश राजवंशी भने देखिएनन् । कुवेतविरुद्ध विश्व कप छनोटका लागि भुटान जानुअघि अघिल्लो रात तीन खेलाडीसहित सन्तोष तामाङ डिस्कोमा मादक पदार्थ सेवन गरेर बसेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरुलाई टोलीबाट हटाएको थियो । सन्तोष भने सागको टोलीमा थिएनन् ।

गत शनिबार भुटान जानका लागि विदाई कार्यक्रम अघि चार खेलाडीलाई टोलीबाट हटाइएको जानकारी गराइएको थियो । त्यसपछि उनीहरु विदाई कार्यक्रममा सरिक नभइ घर फर्कनु परेको थियो । त्यसयता साग टोलीमा रहेका अन्जन, विमल र दिनेश प्रशिक्षणमा समेत सामेल भएका छैनन् ।
यस विषयमा एन्फाको अनुशासन समितिले छानविन गरिरहेकाले के गर्ने भन्ने विषय अझै नटुंगिएको एन्फा स्रोतले बताएको छ । ‘अनुशासन समिति पनि स्वतन्त्र समिति जस्तै हो । उक्त समितिको काममा हस्तक्षेप गर्ने हुँदैन, ‘स्रोतले भन्यो, ‘समितिले कस्तो रिर्पोट बुझाउँछ त्यसका आधारमा थप कारवाही गर्ने वा टोलीमा फर्काउने निर्णय लिनेछौं । त्यसका लागि अझै केहि दिन लाग्न सक्छ ।’
राष्ट्रिय टोलीमा कारवाहीमा परेयता साग टोलीमा पनि विमल, अन्जन र दिनेशले अभ्यास गरेका छैनन् । साग टोलीमा फर्काउने वा नफर्काउने विषयमा एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आवश्यक निर्णय लिने टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । ‘उनीहरु फर्केको खण्डमा यहि टोली हुनेछ ,’ महर्जनले भने, ‘यदि उनीहरु नफर्काउने निर्णय भएको खण्डमा त्यसको सट्टा अरु खेलाडी थप्नु पर्ने हुन्छ । ‘

नेपाल सागको फुटबलको साविक विजेता हो । सन् २०१६ मा भारतमा भएको १२ औं सागमा भारतलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीमा विमल, अन्जन र दिनेश सदस्य थिए । यसपटक पनि तयारी सन्तोषजनक भइरहेको प्रशिक्षक महर्जनले बताए । ‘उपाधि रक्षा गर्नु चुनौतिपूर्ण हुनेछ । दक्षिण एसियाका टोलीबीच धेरै ठूलो अन्तर छैन । सहज कसैलाई हुँदैन,’ उनले थपे, ‘हामीले तयारी राम्रै गरेका छौं । मैत्रीपूर्ण खेलमा पनि राम्रै भयो । घरेलु मैदानमा हामी अझै राम्रो गरेर उपाधि रक्षाको प्रयास गर्नेछौं ।’
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]