default_image

4 years ago

November 23, 2019

लेगानसमाथि बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – रेलिगेसनका क्षेत्रको पुछारमा रहेको लेगानेसविरुद्ध शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । बार्सिलोनाले लेगानेसको मैदानमा २–१ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस सुआरेज र आर्टुरो भिडालले गोल गरे । लेगानेसका युसुफ इन नेस्यरीले गरेको गोल सान्तवनामै सिमित बन्यो । खेलको १२औं मिनेटमा घरेलु टोली लेगानेसले युसुफ […]

40 views

0 Bookmark

एजेन्सी – रेलिगेसनका क्षेत्रको पुछारमा रहेको लेगानेसविरुद्ध शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।

बार्सिलोनाले लेगानेसको मैदानमा २–१ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस सुआरेज र आर्टुरो भिडालले गोल गरे । लेगानेसका युसुफ इन नेस्यरीले गरेको गोल सान्तवनामै सिमित बन्यो ।

खेलको १२औं मिनेटमा घरेलु टोली लेगानेसले युसुफ इन नेस्यरीको गोलबाट बार्सिलोनाविरुछ अप्रत्याशीत अग्रता लिएको थियो । तर, लेगानेसले त्यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।
५३औं मिनेटमा लुइस सुआरेजले बराबरी गोल फर्काएपछि बार्सिलोना खेलमा फर्किएको थियो । आर्टुरो भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी रहन सफल भयो ।

जितसँगै बार्सिलोनाले १३ खेलबाट २८ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । लेगानेस ६ अंकसहित २०औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.