default_image

4 years ago

November 23, 2019

हिगुआइनको चम्कँदा युभेन्टस हारबाट जोगियो

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइनको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली एटलान्टामाथि ३–१ को पूनरागमन जित निकालेको हो । अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले एक गोल थपे । घरेलु टोलीका रोविन गोसेन्सले गरेको गोल सान्त्वना गोल बन्यो । […]

47 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइनको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली एटलान्टामाथि ३–१ को पूनरागमन जित निकालेको हो ।

अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले एक गोल थपे । घरेलु टोलीका रोविन गोसेन्सले गरेको गोल सान्त्वना गोल बन्यो । खेलको १८औं मिनेटमा घरेलु टोली एटलान्टाले पेनाल्टीको मौका खेर फाल्दा युभेन्टसविरुद्ध अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा गोसेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

७४औं मिनेटमा हिगुआइनले बराबरी गोल फर्काए । उनले मिरालेम प्यानिचको पासलाई सदुपयोग गरे । ८२औं मिनेटमा हिगुआइनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले खेलमा २–१ को अग्रता लिन सफल भयो । उक्त गोलका लागि जान क्वाडराडोले असिस्ट प्रदान गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई ३–१ को जित दिलाए । उनलाई उक्त गोलमा हिगुआइनले नै पास दिएका थिए ।

चोटका कारण देखाउँदै प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टोलीमा नै समेटेका थिएनन् । जितसँगै अपराजित रहेको युभेन्टस १३ खेलबाट ३५ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । पराजित एटलान्टा २२ अंकसहित छैटौ स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.