default_image

4 years ago

November 24, 2019

माने र फिर्मिनोको गोलमा लिभरपुल अझै अपराजित

एजेन्सी – ब्राजिलियन फरवार्ड रोबर्टाे फिर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । बराबरीतर्फ उन्मुख खेलमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को कठिन जित निकाल्दै अपराजित यात्रालाई लम्ब्याएको हो । लिभरपुलका साडियो मानेले गोल गरे । घरेलु टोलीका विलफ्रेड […]

39 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड रोबर्टाे फिर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।

बराबरीतर्फ उन्मुख खेलमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को कठिन जित निकाल्दै अपराजित यात्रालाई लम्ब्याएको हो । लिभरपुलका साडियो मानेले गोल गरे । घरेलु टोलीका विलफ्रेड जाहाले गोल गरेका थिए ।

प्रिमियर लिगको १३औं चरण सकिदा लिभरपुलले १२ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ ।  जितसँगै लिभरपुलले शीर्षस्थानलाई थप मजवुत बनाएको छ । लिभरपुलको १३ खेलबाट ३७ अंक छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ८ अंकले बढी हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलाई अग्रता दिलाए । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा वेलफ्रेड जाहाले बराबरी गोल फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै फिर्मिनोले गोल गर्दै लिभरपुलाई २–१ को जित दिलाए ।

अन्य नतिजा

बर्नमाउथविरुद्ध वल्भ्स (१–)

आर्सनलविरुद्ध साउथह्याम्पन (२–२)

ब्राइटनविरुद्ध लेस्टर सिटी (०–)

एभर्टनविरुद्ध नर्विच सिटी (०–)

वाटफोर्डविरुद्ध बर्नली (०–)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.