default_image

4 years ago

November 25, 2019

युनाइटेडको रोमाञ्चक बराबरी

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडको खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ । खेलमा पछि परेर पनि जिततर्फ उन्मुख युनाइटेडले सेफिल्डसँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको हो ।

सेफिल्डका जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनीले गोल गरे । युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । पहिलो हाफमा १ र दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो ।

ब्रामन लेन सेफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको १९औं मिनेटमा जोन फ्लेकको गोलबाट शुरुवाती अग्रता बनाएको थियो । ५२औं मिनेटमा ल्यास मोउसेटले गोल गरेपछि घरेलु टोलीले खेलमा २–० को अग्रता बनाएको थियो ।

त्यसपछि युनाइटेडले ८ मिनेटको दौरानमा ३ गोल गर्दै खेलमा ३–२ को अग्रता लिदै जितर्फ अग्रसर बनेको थियो । ७२औं मिनेटमा ब्रान्डन विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

७७औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–२ को अग्रता लियो । तर, ९०औं मिनेटमा ओलिभरले गोल गर्दै युनाइटेडसँग अंक खोस्न सफल भयो ।

बराबरीसँगै सेफिल्ड १३ खेलबाट १८ अंक जोडेर छैटौ स्थानमा रहेको छ । युनाइटेड १७ अंकसहित नवौं स्थानमा छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.