default_image

4 years ago

November 26, 2019

डिबाला भन्छन्, ‘मेस्सी र रोनाल्डो सँग नै खेल्न पाउनु भाग्यमानी’

45 views

0 Bookmark

एजेन्सी– युभेन्ट्सका पाउलो डिबालाले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीसँग एउटै ड्रेसिङ रहँदा खुसी लाग्ने जनाउँदै उनीहरुसँग खेल्दा खेलमा पनि सुधार आउने बताएका छन् । अर्जेन्टिनी टोलीमा डिबाला संघर्ष गरिरहेका छन् । मेस्सी जस्तो क्षमतावान खेलाडी भएको टोलीमा स्थान बनाउन कठिन हुने उनले बताएका छन् ।

‘मेरा साथीहरु भन्छन् राष्ट्रिय टोलीमा मेस्सी छन् । युभेन्ट्समा गए रोनाल्डो । तर म भन्छु त्यो सबै गलत हो,’ पोर्चुगिज सुपर स्टार क्लबमा भित्रँदा उनलाई नराम्रो लागेको भन्ने खबरको खण्डन गर्दै डिबालाले भने ।

‘उत्कृष्ट खेलाडीलाई कसले चाहँदैन । उनीहरुबाट हरेक दिन केहि सिक्न पाइन्छ ,’ डिबालाले थपे, ‘उनीहरुको क्षमता बारे हामी सबै चर्चा गछौं । यी दुई खेलाडीहरु भन्दा दुई कदम अगाडि छन् ।’ डिबाला र रोनाल्डो अहिले टुरिनमा सम्बन्ध राम्रो रहेको बताइन्छ । उनले मेस्सीसँगको समझदारी पनि उत्कृष्ट रहेको बताउँछन् ।

‘रोनाल्डोसँग मेरो लय मिन्छ । हामी लामो समयसम्म कुरा गरिरहेका हुन्छन् । हामी क्लबका बारेमा पनि कुरा गर्छौं । फुटबल बाहेकका पनि कुरा हुन्छ,’ उनले भने, ‘मेस्सीसँग पनि राम्रो सम्बन्ध छ । हामी लामो समयसम्म सँगै हुन्छौं । आपसी ठट्टा पनि गर्छौं ।’ युभेन्टस र एट्लेटिको म्याड्रिडबीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुँदैछ ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.