default_image

4 years ago

November 26, 2019

पिएसजीको सामना गर्दै फेरिएको रियल

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएपछि टोलीको यो सिजन कठिन हुने धेरैको अनुमान थियो । त्यति बेला फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा रियलमाथि ३–० को रवाफपूर्ण जित निकाल्दा त्यो अनुमान गलत थिएन । तर, दुई महिनापछि फेरि एक पटक यी दुई टोलीबीच भेट्दा रियलको त्यति […]

43 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएपछि टोलीको यो सिजन कठिन हुने धेरैको अनुमान थियो । त्यति बेला फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा रियलमाथि ३–० को रवाफपूर्ण जित निकाल्दा त्यो अनुमान गलत थिएन ।

तर, दुई महिनापछि फेरि एक पटक यी दुई टोलीबीच भेट्दा रियलको त्यति बेलाको छवि केहि बदलिएको छ । तथापी बलियो पिएसजीविरुद्ध भने सचेन हुनपर्नेछ । पिएसजीसँगको खेलपछि समूह चरणका ३ खेलमा रियल अपराजित छ । २ खेलमा जित र १ खेलमा बराबरी गर्दै ७ अंक जोडेको रियल दोस्रो स्थानमा छ । सबै ४ खेल जितेको पिएसजी १२ अंकसहित शीर्षस्थानमा छ ।

आज राती आफ्नो मैदानमा हुने खेलमा रियल तयार रहेको देखिन्छ । टोलीका फेडे भाल्भेर्डे र रोड्रीगोको लय विपक्षीका लागि खतरा बन्न सक्छ । चेल्सीका लागि निकै प्रभाव जमाएका इडेन हाजार्ड भने रियलमा अझै आफ्नो उत्कृष्ट लयमा फर्कन सकेका छैनन् । लुका मोड्रिच चोटग्रस्त छन् भने कप्तान रामोस प्रतिबन्धमा छन् । यस्ता कारणले रियल केहि केहि कमजोर पक्कै छ ।

त्यसका वावजुद पनि रियल नकआउटको नजिक पुगिसकेको छ । २ र १ अंकका जोडेका क्लब ब्रुग र गालाटासारेबीच पनि आजै खेल हुँदैछ । पिएसजीका लागि केलियन एमबाप्पे र नेयमारले सुरुवात गर्ने निश्चित छ । त्यस्तै रियलका पूर्व गोलकिपर नाभास पिएसजीको प्रमुख भूमिकामा रहनेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.