default_image

4 years ago

November 26, 2019

श्री नारायण र सैनिकको लगातार दोस्रो जित

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- श्री नारायण स्कुल र सैनिक आवासिया मावि कास्कीले राजधानीमा जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार भएको भएको खेलमा सैनिक कास्कीले भक्तपुर इंग्लिस सेकेन्डरी स्कुलमाथि ४–० को सहज जित निकालेको हो । अर्काे खेलमा श्री नारायणले त्रियोग नमुना माविमाथि ३–१ को जित निकालेको हो । श्री नारायाण्को जितमा दिलीप मोक्तानले दुई तथा विष्णु कुमार स्याङ्ताले एक गोल गरे । नमुनाका अनिष चौधरीले एक गोल फर्काए ।

अर्काे खेलमा सैनिक माविले दि वल्ड क्यापिटलमाथि २–० को जित निकाल्यो । अर्काे खेलमा सगरमाथाले सन सेन्समाथि २–१ को जित निकाल्यो । प्रतियोगतामा बुधबार चार खेल हुनेछ । छात्रातर्फको खेल ६ देखि १३ डिसेम्वरमा आयोजना हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले ३ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा चौथो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.