default_image

4 years ago

November 27, 2019

लेवान्डस्कीको ४ गोलसँगै बायर्नको गोलवर्षा

एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरपछि जर्मन क्लब बायर्न म्युनिखले युइएएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बायर्नले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको हो । वियोग्राडमा मंगलबार राति भएको खेलमा लियोन गोरेट्का र कोरेन्टिन टोलिसोले १-१ गोल गरे । एकपक्षीय खेलमा बायर्नले खेलको १४औं […]

47 views

0 Bookmark

एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरपछि जर्मन क्लब बायर्न म्युनिखले युइएएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बायर्नले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको हो ।

वियोग्राडमा मंगलबार राति भएको खेलमा लियोन गोरेट्का र कोरेन्टिन टोलिसोले १-१ गोल गरे । एकपक्षीय खेलमा बायर्नले खेलको १४औं मिनेटमा लियोन गोरेट्काको गोलबाट अग्रता बनाएको थियो । ४१औं रोवर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट उक्त प्रयासले मान्यता पाएन ।

दोस्रो हाफमा लेवान्डोस्कीले १५ मिनेटको अन्तरमा ह्याट्रिकसहित चार गोल गरे । दोस्रो हाफमा बायर्न ५ गोल गर्न सफल भयो । रोवर्ट लेवान्डोस्कीले ५३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा लेवान्डोस्कीले टोलीसोको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ६४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । उनलाई बेन्जामिन पाभार्डले असिस्ट दिएका थिए ।

६८औं मिनेटमा लेवान्डोस्कीले इभान पेरिसिचको पासमा अर्काे गोल गर्दा बायर्न खेलमा ५–० ले अघि बढेको थियो । ८९औं मिनेटमा टोलिसोले गोल गर्दै ६–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा अपराजित रहेको बायर्नले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नको ५ खेलबाट १५ अंक छ । बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.