default_image

4 years ago

November 27, 2019

केनको दुई गोलसँगै टोटेनहम नकआउट चरणमा

एजेन्सी – कप्तान ह्यारी केनको दुई गोलसँगै इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । टोटेनहमले ग्रीसको ओलम्पियाकोसमाथि ४–२ को पूनरागमन जित निकाल्दै एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । जितसँगै समूह ‘बी’ बाट टोटेनहमले ५ खलेबाट ९ अंक जोड्यो । । रेडस्टार बेलग्रेड […]

44 views

0 Bookmark

एजेन्सी – कप्तान ह्यारी केनको दुई गोलसँगै इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । टोटेनहमले ग्रीसको ओलम्पियाकोसमाथि ४–२ को पूनरागमन जित निकाल्दै एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।

जितसँगै समूह ‘बी’ बाट टोटेनहमले ५ खलेबाट ९ अंक जोड्यो । । रेडस्टार बेलग्रेड ३ अंकसहित तेस्रो तथा ओलक्पियाकोस १ अंक जोडेर पुछारमा छ । अपराजित रहेको बायर्न ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहँदै नकआउट चरणका पुग्न सफल भइसकेको छ ।

टोटेनहम हस्टपर स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेल अली र सर्जी औरियरले गोल गरे । ओलम्पियाकोसका युसेफ इएल अरबी र रुवेन सेमेडोले गोल गरे ।

खेलको छैटौं मिनेटमा युसेफको गोलबाट टोटेनहम पछि परेको थियो । १९औं मिनेटमा रुवेनले गोल गर्दा घरेलु टोली २–० ले पछि परेको थियो । पहिलो हाफका इन्ज्युरी समयका डेल अलीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

दोस्रो हाफमा केन चम्किएपछि टोटेनहमले पूनरागन जित निकाल्न सफल भयो । ५०औं मिनेटमा ह्यारी केनले बराबरी गोल फर्काए । ७३औं मिनेटमा सर्जी औरियरले गोल गरेपछि टोटेनहमले खेलमा ३–२ को अग्रता लिन सफल भयो । ७७औं मिनेटमा कप्तान केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम ४–२ ले विजयी हुन सफल भयो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.