default_image

4 years ago

November 27, 2019

सिटी नकआउट चरणमा

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कसँग बराबरीमा रोकिएपनि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा सिटी साख्तरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीको नतिजासँगै सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रहँदै एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्न सफल भएको […]

26 views

0 Bookmark

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कसँग बराबरीमा रोकिएपनि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा सिटी साख्तरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीको नतिजासँगै सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रहँदै एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्न सफल भएको हो । अन्य तीन टोली साख्तर, डाइनामो जाग्रिव र एटलान्टाको पनि नकआउट चरण पुग्ने सम्भावना बाँकी छ ।

साख्तरको ६, डाइनामोको ५ तथा एटलान्टाको ४ अंक छ । अब समूह चरणको अन्तिम खेलले नै नकआउट पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ ।

इतिहाद स्टेडियममा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६औं मिनेटमा इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९औं मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो र अंक बाँडियो ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि २–० को जित निकालेको छ । जितसँगै एटलान्टाले पनि नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.