default_image

4 years ago

November 27, 2019

डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ । एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले […]

34 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ ।

एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थिए । अघिल्लो खेलमा विश्राम पाएका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मैदानमा पुरै समय बिताएपनि गोल गर्न सकेनन् ।

जितसँगै समूह ‘डी’ बाट युभेन्टस नकआउट चरणमा पुग्न सफल भएको छ । समूहमा अपराजित रहेको युभेन्टसको ५ खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७ अंक छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभमाथि २–० को जित निकालेको छ ।  जितसँगै लिभरकुसेन ६ अंक जोडेर तेस्रो स्थानमा उक्लदा लोकोमोटिभ ३ अंक जोडेर पुछारमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.