default_image

4 years ago

November 28, 2019

डर्टमन्डलाई हराउँदै बार्सिलोना नकआउट चरणमा

एजेन्सी – स्टार फरवार्डत्रय कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । […]

62 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डत्रय कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक रहेको छ । अब बार्सिलोनाले इन्टर मिलानसँग खेल्न बाँँकी छ । यो खेलमा बराबरी या हारले पनि बार्सिलोनालाई कुनै फरक पर्ने छैन ।

नोउ क्याम्पमा बार्सिलोनाले खेलको २९औं मिनेटमा लुइस सुआरेजको गोलबाट अग्रता बनाएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

६७औं मिनेटमा एन्टोइन ग्रिजमनले मेस्सीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि बढेको थियो । ७७औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना ३–१ ले विजयी रहन सफल भयो ।

बार्सिलोनासँगको हारसँगै डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ । जित निकाल्न सकेको भए डर्टमन्डले नकआउटको यात्रा तय गर्ने थियो । डर्टमन्डको ५ खेलबाट ७ अंक छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.