default_image

4 years ago

November 28, 2019

फेलिक्सलाई गोल्डेन ब्वाई २०१९ को उपाधि

एजेन्सी – पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले सन् २०१९ को गोल्डेन ब्वाई उपाधि जितेका छन् । विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका खेलाडीलाई यो उपाधि प्रदान गरिंदै आएको छ । इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले प्रदान गर्दै आएको यस अवार्ड जित्ने फेलिक्स एटलेटिको म्याड्रिडका दोस्रा खेलाडी बनेका छन् । यसअघि सन् २००७ मा अर्जेन्टिनी […]

51 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले सन् २०१९ को गोल्डेन ब्वाई उपाधि जितेका छन् । विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका खेलाडीलाई यो उपाधि प्रदान गरिंदै आएको छ ।

इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले प्रदान गर्दै आएको यस अवार्ड जित्ने फेलिक्स एटलेटिको म्याड्रिडका दोस्रा खेलाडी बनेका छन् । यसअघि सन् २००७ मा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पनि यो उपलब्धि हासिल गरेका थिए । फेलिक्सले यस उपाधि जित्ने क्रममा दोस्रो स्थानमा रहेका जेडन सान्चोलाई झन्डै दोब्बर मतअन्तरले हराए ।

फेलिक्स यसै मात्र पोर्चुगिज क्लब बेन्फिकाबाट एटलेटिको आएका हुन् । म्याड्रिड क्लबले अनुबन्धन गर्न १ सय २६ मिलियन युरो खर्चेपछि उनी विश्व फुटबलका चौथो महँगा खेलाडी पनि बने । उनले गत सिजन लिगमा २१ खेल सुरुवात गर्दै १५ गोल र ७ असिस्ट प्रदान गरेका थिए । यस सिजन भने चोटका कारण खराब सुरुवात पाएका उनले १० खेलमा २ गोल मात्र गरेका छन् ।

अघिल्लो सिजन डिफेन्डर म्याथिस डे लिग्टले यस उपाधि जितेका थिए । त्यसअघि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले अवार्ड हात पारेका थिए । अवार्ड विजेताले फेरी दावेदारी दिन पाउने छैनन् । सन् २००३ देखि सुरु भएको यस अवार्डको पहिलो विजेता राफाएल भान डर भार्ट थिए ।

त्यसलगत्तै सिजन वायन रुनी र लिओनेल मेस्सीले अवार्ड हात पारे । मारियो बालोटेली, पल पोग्बा र रहिम स्टरलिङले पनि यस उपलब्धि हासिल गरेका छन् । यस अवार्डका लागि इटाली र अन्तर्राष्ट्रिय फुटबलका शीर्ष ४० पत्रकारहरुले मतदान गर्ने प्रावधान रहेको छ ।

सन् २०१९ को वरीयता :

१. जोआओ फेलिक्स (३३२ मत)

२. जेडन सान्चो (१७५ मत)

३. काई हाभर्टज (७५ मत)

४. अर्लीङ हालान्ड (७४ मत)

५. माथिस डे लिग्ट (७१ मत)

६. अन्सु फाती (४९ मत)

७. फिल फोडेन (४६ मत)

८. जियानलुइजी डोनारुम्मा (३७ मत)

९. निकोलो जानीओलो (३६ मत)

१०. डोनेल मालेन (३५ मत)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.