default_image

6 years ago

November 28, 2019

साग फुटबल – सहभागी ५ राष्ट्रले एक अर्कासँग खेल्ने

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतले भाग नलिए भएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।


आइतबार १३ औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय छ । फुटबल भने दशरथ रंगशालामा मंसिर १६ गतेबाट सुरु हुनेछ । नेपालले पहिलो दिन खेल्ने छैन ।

१६ गते भुटानसँग खेल्दै साविक विजेता नेपालले साग फुटबलको यात्रा सुरु गर्नेछ । भोली पल्ट मंसिर १७ गते नेपालले श्रीलंकाको सामना गर्नेछ । मंसिर २० माल्दिभ्सको सामना गर्ने नेपालले राउन्ड रोविनको अन्तिम खेल मंसिर २२ गते बंगलादेशसँग खेल्नेछ । फाइनल सागको समापन दिन मंसिर २४ गते हुनेछ ।

सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ । त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रुपमा टोलीमा समेटेको छ । सुजलले टोलीको कप्तानी गर्नेछन् ।

भारतले आन्तरिक कारण देखाउँदै पुरुष फुटबलमा भाग नलिने जनाएको थियो । महिला फुटबल भने पोखरामा हुनेछ । महिला फुटबलमा पनि ४ टोलीबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ ।महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सको मात्र सहभागिता रहनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.