default_image

4 years ago

December 5, 2019

फुटबल : भुटानले माल्दिभ्सलाई हरायो

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलमा बंगलादेशलाई स्तब्ध पारेको भुटानले १३ औं दक्षिण एसिायली खेलकुद (साग) पुरुष फुटबलमा बिहीबार माल्दिभ्सलाई पराजित गरेको छ । यस जितसँगै शीर्षस्थानमा उक्लिएको भुटान पहिलो पटक साग फुटबलको फाइनलनजिक पुगेको छ ।

दशरथ रंगाशालमा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै फाइनलनजिक पुगेको हो । पहिलो हाफ बराबरीमा सकिएको भुटानले दोस्रो हाफमा दुई गोल गर्दै ऐतिहासिक फाइनलमा पुगेको हो । भुटानलाई खेलको ५५ औं मिनेटमा गोल छिमी दोर्जेले गोल गर्दै अग्रता दिलाएका थिए ।

भुटानलाई फुब थिन्ले ८४ औं मिनेटमा गोग गर्दै २-० को अग्रता गर्दै जित नजिक पुर्याएका थिए । माल्दिभ्सका लागि ९० औं गोलमा हमजा मोहम्मदले सान्त्वना गोल गरेका थिए । भुटानले पहिलो खेलमा बंगलादेशालाई १-० ले हराएको थियो । दोस्रो खेलमा भुटान नेपालसँग ४-० ले पराजित भएको थियो । अव भुटानलले अन्तिम खेलमा शनिबार श्रीलंकासँग खेल्नेछ ।

आजै हुने दोस्रो खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्नेछ । शुक्रबार प्रतियोगिताका कुनै खेल हुने छैनन् । अंक तालिकामा भुटानले ३ खेलमा ६ अंक जोड्दा नेपालले २ खेलमा ४ अंक जोडेको छ । श्रीलंका र माल्दिभ्सले २-२ अंक जोड्दा बंगलादेशको १ अंक मात्र छ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.