6 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल र बंगलादेश १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ आइतबार लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । तर, अंक समिकरणका कारण यो खेल सेमिफाइनल जस्तै हुने भएको छ ।

शनिबार भएको दोस्रो खेलमा भुटानले श्रीलंकालाई पराजित गरेपछि नेपालको फाइनलमा स्थान पक्का हुन सकेन । भुटानले अंक गुमाएको अवस्थामा नेपालको यात्रा सहज हुने थियो । श्रीलंका विजयी भएको खण्डमा नेपाल फाइनलमा पुग्ने थियो । तर भुटानले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई स्तब्ध पार्यो । कास्य पदकको सम्भावनाका लागि लडिरहेको श्रीलंका पदकविहिन हुँदै घर फर्कन बाध्य भयो ।
भुटान भने जितसँगै फाइनलमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो । भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको यो नै पहिलो पटक हो । भुटानले फुटबलमा ऐतिहासिक रजत पदक पक्का गरिसकेको छ । अब आइतबार हुने नेपाल र बंगलादेशको खेलको नतिजाले भुटानको प्रतिद्वन्द्वी यकिन हुनेछ ।

आइतबार हुने खेलमा नेपालले बंगलादेशविरुद्ध हार टार्न सके फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ । खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।
अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।
यो पनि :
कुस्तीमा संगीताले दिलाइन् ऐतिहासिक स्वर्ण
श्रीलंकाविरुद्ध सानदार जितसँगै भुटान फाइनलमा
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]