default_image

6 years ago

December 10, 2019

फरवार्ड रेजिनले फुटबल फाइनल गुमाउने

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीका फरवार्ड रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फाइनल खेल गुमाउने भएका छन् । नेपालले दशरथ रंगशालाम दिउँसो ३ बजे स्वर्ण रक्षाको लागि भुटानसँग खेल्दैछ ।

रेजिनले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड खाएपछि अन्तिम खेल गुमाउने भएका हुन् । त्यसअघि उनले श्रीलंकाविरुद्ध खेलमा पनि पहेंलो कार्ड खाएका थिए । रेजिनले पछिल्ला खेलहरुमा सुरुवाती रोजाईमा खेल्दै आक्रमणमा कप्तान सुजल श्रेष्ठसँग राम्रो साझेदारी गर्दै आएका थिए ।

नेपालको लागि उमेर समूहका टोलीमा राम्रो प्रदर्शन गरेका रेजिन यू-१९ टोलीको कप्तान समेत हुन् । उनी एन्फा एकडेमीका उत्पादन पनि हुन् । रेजिनले जारि प्रतियोगितामा गोल नगरेपनि अग्रपंक्तिमा प्रभावशाली खेलाडीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

रेजिनको अनुपस्थितिमा प्रशिक्षक बालगोपाल महर्जनले टोलीमा नितिन थापालाई मौका दिन सक्छन् । लिग चरणमा भुटानविरुद्ध पहिलो खेलमा रेजिन बेन्चमा रहँदा नितिनले पहिलो रोजाईमा खेलेका थिए । त्यसबेला अभिषेक रिजाल र सुजलले अग्रपंक्ति सम्हाल्दा नितिन मिडफिल्डमा खेलेका थिए ।

प्रशिक्षक महर्जनले फरवार्डका रुपमा राजेश परियार, प्रेजेन तामाङ र राजीव लोप्चनलाई पनि खेलाउने सम्भावना छ । तर जारि प्रतियोगितामा धेरै खेल्ने समय नपाएका कारण पुरानै समीकरणलाई महर्जनले निरन्तरता दिन सक्छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.