6 years ago
December 12, 2019
एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेको उच्च प्रदर्शनसँगै उपाधि दावेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले समूह ‘ए’ को विजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा टर्किस क्लब गालाटासारेमाथि ५–० को सानदार जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

घरेलु मैदानमा पीएसजीको सानदार जितमा ५ खेलाडीले गोल गरे । एकपक्षीय खेलमा पीएसजीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । पीएसजीको ५ गोलमध्ये एमबाप्पेले एक गोल गर्नुका साथै दुई गोलको लागि असिस्ट दिएका थिए ।
पाहुना टोलीलाई दवावमा राखेपनि पीएसजीले पहिलो गोलको लागि ३२औं मिनेट कुर्नुपरेको थियो । केलियन एमबाप्पेको मोउरो इकार्डीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

४७औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई सानदार जिततर्फ अघि बढाए । ६८औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीले खलेमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
८४औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ५–० को सानदार जित दिलाए । जितसँगै अपराजित रहेको पीएसजीले ६ खेलबाट १६ अंक जोड्यो । पीएसजीले समूहमा ५ खेलमा जित र १ मा बराबरीको नतिजा निकालेको थियो ।

यो समुहबाट स्पेनिस क्लब रियल मड्रिडले उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । रियलले ६ खेलबाट ११ अंक जोड्यो । क्लब ब्रगले ३ तथा गालाटासारेले २ अंक जोड्दै समूह चरणबाटै बाहिरियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]