default_image

9 years ago

June 27, 2016

टाइ ब्रेकरमा जित्दै चिली कोपा अमेरिका बिजेता , मेस्सिको मिस

140 views

0 Bookmark

कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्‍याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ  ।

निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो ।

खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले पेनल्टीमा ४-२ को नतिजा निकाल्दै पुण उपाधी चुमेको हो । अघिल्लो संस्करणमा फाइनल मा अर्जेन्टिना लाई टाइ ब्रेकर मा नै हराउदै चिली ले उपाधी कब्जा गरेको थियो ।

messi miss copa america final

मेस्सिको प्रहार पोस्ट देखी बाहिरियो

टाइ ब्रेकरमा प्रहार गर्न उत्रेको चिलिका भिडालको पहिलो सट प्रहार अर्जेन्टिनाका किपर रोमेरोले रोकिदिए पनि मेस्सीको शक्तिशाली प्रहार बाहिरिएपछी पहिलो सट सकिदा दुबै टोली बराबर नै रहे।

अर्जेन्टिनाका लागी मास्कारेनो र अगेरोले गोल गरे पनि बिग्लियाको प्रहार रोक्दै ब्राभोले चिलिको सम्भावना बलियो बनाए । उक्त अग्रता लाई निष्कर्षमा पुर्‍याउदै सिल्भाले अन्तिम प्रहारलाई जाली चुमाएर चिली लाई पुण बिजेता बनाए ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.