6 years ago
December 12, 2019
एजेन्सी – क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।

बुधबार राति ८ टोलीले नकआृट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो । नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरको हुदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्य अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन् । यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ ।
समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केहि ठूला टोली समूह उपविजेताको रुपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ ।
समूह ‘ए’ – पीएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
समूह ‘बी’ – बायर्न म्युनिख (विजेता), टोटेनहम (उपविजेता)
समूह ‘सी’ – म्यानचेस्टर सिटी (विजेता), एटलान्टा (उपविजेता)
समूह ‘डी’ – युभेन्टस (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
समूह ‘ई’ – लिभरपुल (विजेता), नेपोली (उपविजेता)
समूह ‘एफ’ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमन्ड (उपविजेता)
समूह ‘जी’ – आरबी लेइप्लिज (विजेता), लियोन (उपविजेता)
समूह ‘एच’ – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]